| Best Time For Vijaya Dashami (Dashain) Tika (2066 BS/2009 AD):
September 28 / Ashoj 12 – 10:55 AM
काठमाडौ, असोज ३ (नागरिक) – यस वर्ष विजयादशमीको उपलक्ष्यमा टीका लगाउने सबैभन्दा राम्रो साइत असोज १२ गते (सेप्टम्बर २८) विजयादशमीका दिन बिहान ९ : ३५ बजे देवी बिसर्जन र बिहान १० : ५५ बजे टीका लगाउनका लागि शुभसाइत रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
विजया दशमीको टिका र आर्शीवाद थाप्न साइत विशेष कुर्न भने नपर्ने समितिले उल्लेख गरेको छ। “दुर्गा माताको प्रसाद लगाउन र आर्शीवादका लागि कुनै साइत जुराउन आवश्यक पर्दैन,” समितिका अध्यक्ष माधव भटृराले भने, “साइतमै टिका लगाउन सुरु गर्ने हो भने ११ बज्न पाँच मिनेटअगाडि सबैभन्दा शुभ छ।”
अध्यक्ष भटृराईका अनुसार शनिबार बिहान ९ : २५ बजे घटस्थापना, फूलपातीका दिन बिहान ८ : १७ बजे तुलजाभवानीको यात्रा तथा ८: ५९ बजे थिराशनका लागि र टीकाका दिन मध्याह्न १२:२१ बजे तुलजाभवानीको यात्रा र दिउँसो १:०५ बजे थिराशनका लागि साइत जुरेको छ। |