Site Announcements

Register and Login to Sanjaal Board to get access to exclusive contents including guitar tabs, high quality arts, glamor and photography pictures. New Users will be manually validated against spam database and potential advertisers. So this might cause your account activation to delay from a couple of days to few weeks. If you have Nepali/Indian/Pakistani/Bangladeshi names in your username, the user activation will be quicker. SPAMMERS WILL BE DELETED WITH NO MERCY

सोनम कपुरलाई हिट फिल्मको खाँचो

सोनम कपुरलाई हिट फिल्मको खाँचो

Postby rabin1202006 » Tue Jul 02, 2013 1:46 am

बलिउड नायिका सोनम कपुरलाई एउटा हिट फिल्मको जरुरी पर्यो रे। सन् २००७ मा सञ्जय लिला वंशालीको फिल्म सावरीयाबाट बलिउडमा प्रवेश गरेकी उनले आफूलाई अहिले एउटा हिट फिल्म चाहिएको एजेन्सीसँग बताएकी छिन्। त्यसपश्चात् जम्मा ७ फिल्ममा अभिनय गरिसके पनि भने जस्तो सफलता हात नलागेपछि उनलाई अर्को कुनै हिट फिल्म चाहिएको हो।

‘मलाई एउटा हिट फिल्म चाहिएको छ। तर सबै भाग्यको हातमा हुने रहेछ। जुन बेला भगवान्ले चाहन्छन्, त्यही बेलादेखि मेरो पनि दिन आउला भन्ने आशामा छु –सोनमले भनेकी छिन्। सोनमले यसबार आफ्ना बलिउड नायक पिता अनिल कपुरसँग सल्लाह लिइरहेको समेत एजेन्सीलाई बताएकी छिन्। अनिलले भने ध्यानपूर्वक फिल्म र आफ्नो भूमिका छनौट गर्ने सल्लाह दिए रे। ‘तिमी आफूले अभिनय गर्ने फिल्म र रोल राम्रो ध्यान दिएर छनौट गर।

मेहनत गर्दै जाऊ, धैर्य गर। एक दिन त्यसको राम्रो परिणाम पाउने छौं’ अनिलले सोनमलाई भनेका रहेछन्। सोनमसँगै डेब्यु गरेका नायिकाहरू सोनाक्षी सिन्हा, दीपिका पादुकोण, अनुष्का शर्मालगायतले तुलानात्मकरूपमा बढी काम पाएको र सफलता पाएको भए पनि सोनम भने उनीहरूभन्दा पछि परेको महसुस उनी स्वयम्ले गरेकी छिन्। उमेरले २८ टेकीसक्दा पनि भने जसरी सफलता नपाउँदा उनलाई यस्तो लागेको बताइएको छ।
rabin1202006
 
Posts: 566
Joined: Sun Feb 05, 2012 9:05 am
Location: New Baneshwor Kathmandu Nepal


Similar topics


Return to Bollywood Gossip

Who is online

Users browsing this forum: No registered users and 2 guests

cron