Site Announcements

Register and Login to Sanjaal Board to get access to exclusive contents including guitar tabs, high quality arts, glamor and photography pictures. New Users will be manually validated against spam database and potential advertisers. So this might cause your account activation to delay from a couple of days to few weeks. If you have Nepali/Indian/Pakistani/Bangladeshi names in your username, the user activation will be quicker. SPAMMERS WILL BE DELETED WITH NO MERCY

सरकारको जमानतमा कोषले निगमलाई १० अर्ब ऋण दिने

सरकारको जमानतमा कोषले निगमलाई १० अर्ब ऋण दिने

Postby rabin1202006 » Fri Jun 07, 2013 12:46 am

नेपाल वायु सेवा निगमलाई दुई जहाज किन्न ऋण दिन कर्मचारी सञ्चय कोषलाई बाटो खुलेको छ । निगमको धितोलाई आधार मानेर ऋण दिन कोष तयार नभएपछि अर्थ मन्त्रालय जमानत बसेको छ । निगमले ऋण चुक्ता गर्न नसके सरकारले भुक्तानी शर्तमा कोषले निगमलाई १० अर्ब ऋण दिने भएको हो ।

कोषले १२ प्रतिशत ब्याजमा उक्त ऋण दिने भएको हो । निगमले किन्ने दुई जहाज ऋण चुक्ता नहुँदासम्म धितोको रुपमा कोषकै नियन्त्रणमा रहनेछन् । यस्तै निगमको केन्द्रीय कार्यालय भवन, न्युरोडको १२ रोपनी जग्गा र सिनामंगलको ३४ रोपनी जग्गा धितोमा रहेको छ ।

जहाज किनको लागि निगमले एयरबसलाई ५ लाख अमेरिकी डलर लक अप मनी पठाइसकेको छ । निगमले दुई न्यारो बडी जहाज किन्न लागेको हो । यसका लागि १५ करोड डलर अर्थात करिब १३ अर्ब ६३ करोड रुपैयाँ चुक्ता गर्नुपर्ने छ । ए३२०-२०० सिरिजका यी जहाजमा १ सय ५० सिट रहेका छन् । कम्पनीले २०१५ फेबु्रअरीमा पहिलो जहाज र त्यसको दुई महिनामा दोस्रो जहाज डेलिभरी दिने जनाएको छ ।

यसअघि पनि निगमले एयरबसको जहाज किन्न लक अप मनी पठाएकोमा खरिद प्रक्रिया कानुनविपरीत भएको आरोप लागेपछि अवरुद्ध भएको थियो । पछि उक्त रकम निगलाई नै फिर्ता गरिएको थियो । ऋण पाउने सुनिश्चित नहुँदै लक अप मनी पठाएको र एयर बसलाई छनोट गर्ने प्रक्रिया कानुन विपरीत भएको आरोपमा संसद्को सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ प्रक्रिया सुरु गर्न निर्देशन दिएका थिए । यसैगरी, निगमको भरपर्दाे व्यावसायिक योजना नरहेको हुनाले ऋण लगानी गर्नु जोखिमपूर्ण हुने अर्थ मन्त्रालयले बताएको थियो ।
rabin1202006
 
Posts: 566
Joined: Sun Feb 05, 2012 9:05 am
Location: New Baneshwor Kathmandu Nepal


Similar topics


Return to Mix Max Bin

Who is online

Users browsing this forum: No registered users and 1 guest

cron